• मंसिर १२ २०८१, बुधबार

मन्त्रिपरिषद् बैठक बस्दै, दलसम्बन्धी अध्यादेश फिर्ता हुनसक्ने

आश्विन ११ २०७८, सोमबार

काठमाडौँ। मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठकबाट राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ताको निर्णय हुन सक्ने स्रोतले जनाएको छ।

यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो ।

यता सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश फिर्ता लिने तयारी भएको जानकारी दिएका छन्।

अध्यक्ष प्रचण्डले सोमबार बिहान बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिन आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको ब्रिफिङ गरेका थिए।
सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो ।