• मंसिर १२ २०८१, बुधबार

आजदेखि अग्रिम टिकट बुकिङ खुला, कहाँको भाडा कति? (भाडादरसहित )

आश्विन ११ २०७८, सोमबार

काठमाडौं । दशैँ मनाउन घर जाने यात्रुलाई लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ ।

गत बिहीबार यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीसँग छलफल गरेर असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।सोही निर्णय अनुसार दशैं मनाउन उपत्यकाबाट घर फर्किन चाहनेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।

चाडपर्वको बेला एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिरहेको छ । त्यसैले सरकारले अग्रिम टिकट बुकिङ गर्दै आएको छ ।

यो वर्ष सरकारले सार्वजनिक सवारीको भाडा पनि बढाएको छ । दशैँमा घर फर्कने यात्रुले गत वर्षभन्दा २८ प्रतिशत बढी तिर्नुपर्ने हुन्छ ।

यातायात व्यवस्था विभागले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान आग्रह समेत गरेको छ ।

यस्तो छ भाडादर: