काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने एक नेताले जानकारी दिए।
यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने जनाइएको छ।
यसअघि आइतबार बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागी दलसँग मन्त्रीको नाम मागेका थिए। बैठकमा दलहरुबीच बुधबारसम्म सरकार विस्तार गरिसक्ने सहमति समेत भएको थियो।