• मंसिर १२ २०८१, बुधबार

नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच न्यूयोर्कमा भेटवार्ता

आश्विन ११ २०७८, सोमबार

काठमाडौं । संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका गएका परराष्ट्र मन्त्री नारायण खड्काले साइडलाइन भेटवार्ता पनि जारी राखेका छन् । आइतबार परराष्ट्र मन्त्री खड्काले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली मिसनले जनाएअनुसार दुई मन्त्रीहरू नेपाल–भारतबीचको जारी सहकार्यलाई अझ मजबुद बनाउन सहमत भएका छन् ।

भारतीय विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालका नयाँ समकक्षीसँग भेट गर्न पाउँदा खुसी भएको उल्लेख गर्दै नेपाल र भारतको विशेष सम्बन्धलाई अझ अघि लैजान मिलेर काम गर्न सहमत भएको उल्लेख गरेका छन् ।

सपथ लिएकै दिन असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका परराष्ट्र मन्त्री खड्काले पहिलो पटक भारतीय समकक्षीसँग भेट गरेका हुन् ।