काठमाडौँ। नेकपा एमालेले विधान महाधिवेशनमा पेस गरिने विभिन्न प्रतिवेदन पारित गरेको छ। आइतबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदन सुझावसहित पारित भएका हुन्।
तीन प्रतिवेदनमा एमाले उपमहासचिव घनश्याम भुषालले फरक मत राखेका छन्। भुसालले राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादबारे प्रष्ट नभएको भन्दै फरक मत राखेका हुन्।
यस्तै उनले जनता बहुदलीय जनवाद (जबज ) र समाजवाद स्पष्ट हुनु पर्ने बताएका छन्।