काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार गरिएको पिसिआर र एन्टिजेन परीक्षमा आफूमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल मार्फत खड्काले जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको, आज १० गते एन्टिजेन र पिसिआर परीक्षण गराउँदा दुवैमा पोजेटिभ। धेरै सतर्कताका वावजुद अन्ततः कोभिडले घेरी छोड्यो।’
उनले ८ गते ४ बजेसम्म आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।