डेङ्गी एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गीको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले ससाना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ ।
डेङ्गी एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव भाइसल सङ्क्रमण हो । यो भाइरस डेङ्गी–१, डेङ्गी–२, डेङ्गी–३ र डेङ्गी–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङ्गको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ ।
यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औंलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भएपनि डेङ्गी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेङ्गी रोग क्लासिक डेङ्गी हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेङगी गल्तीले डेङ्गीभनी लेखिने ज्वरो लामखुट्टेको टोकाइ सर्ने र शितोष्ण र समशितोष्ण भू–भागमा फैलिने रोग हो ।
यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएको तीन दिनदेखि चौध दिन पछि पछि यसका लक्षणहरु देखिन्छ । यसका प्रमुख लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरुमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् ।
यो रोग निको हुन दुईदेखि सात दिन सम्म लाग्छ । केही बिरामीहरुमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ ।
त्यस्तै डेङ्गीको अर्को विकसित रुप हो । डेङ्गीसक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । डेङ्गीधेरै प्रजातिको लामखुट्टेहरुको माध्यमबाट मानिसमा सर्न सक्दछ ।
यो रोगका भाइरसहरु पाँच प्रकारका छन् । यीमध्ये कुनै एकको संक्रमण भएमा हाम्रो शरीरले जीवन भरीका लागि त्यस प्रजातिको भाइरसविरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसविरुद्ध छोटो अवधिका लागि मात्र काम गर्छ । एकपछि अर्को गरी लगातार हुने सङ्क्रमणले गम्भीर खतरालाई बढावा दिन्छ । डेङ्गीको पहिचाको टुङ्गो लगाउन धेरै परीक्षणहरु उपलब्ध छन् ।
यस्ता परीक्षणहरुमा विरामीको रगतमा डेङ्गी भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टीबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ । केही देशहरुमा डेङ्गीको संक्रमणबाट बचाउनका लागि एउटा खोपलाई मानयता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेङ्गीबाट बच्न लामखुट्टेको वासस्थानहरु नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ ।
यसका लागि मानिसको बसोबास क्षेत्रमा अनावश्यक रुपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालेको डेङ्गीछ भने मुखबाट वा नशाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गीको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ ।
यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा पाँच लाख मानिसहरु अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गीलागेको बेलामा इबुप्रोफिन जस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।
डेङ्गी दोश्रो विश्व युद्धको समयदेखि विश्वव्यापी रुपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशहरुमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिसहरु बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसको मृत्यु हुने गरेको छ ।
डेङ्गीको महामारीको बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टका कारणले सर्ने गरेको तथ्य बीसौं शताब्दी मै पत्ता लागेको थियो । लामखुट्टेलाई निर्मुल पार्न असम्भव जस्तै भएकाले सिधै भाइरसलाई नियन्त्रण गर्न औषधिको बारेमा पनि अध्ययन भइरहेको छ ।
लक्षण तथा चिन्ह :
सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएका करीब ८० प्रतिशत मानिसमा रोगको कुनै लक्षण देखिदैनन् वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य खालका लक्षणहरु मात्र देखिन्छ । सङ्क्रमितमध्ये ५ प्रतिशत मानिसहरुमा गम्भीर प्रकारको डेङ्गी लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिस यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् ।
यो रोग छिप्पन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरुमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गीको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरुमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन । प्रायजसो बालबालिकामा डेङ्गीको सङ्क्रमण हुँदा सामान्य रुघा तथा सङ्क्रामक पखाला भएको जस्तै लक्षणहरु देखिने गर्दछन् ।
त्यस्तै बालबालिकाहरुमा विभिन्न जटिलताहरु देखा पर्ने जोखिम पनि तुलनात्मक रुपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरु मन्द खालका भएपनि उच्च ज्वरो पनि देखा पर्दछ । डेङ्गीको पहिचानको लागि मुख्य लक्षणहरु अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् ।
डेङ्गीका रोगीहरुको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ ः लक्षण सुरु हुने अवस्था फेब्राइल, गम्भीर अवस्था क्रिटिकल तथा निको हुने अवस्था रिकभरि । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने शरीरमा पीडा महसुस हुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् ।
यो अवस्था प्राय जसो दुईदिनदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा वान्ता हुने पनि हुन सक्दछ । डेङ्गीको संक्रमण भएका ५०–८० प्रतिशत बिरामीहरुमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो ससाना फोकाहरु देखा पर्छन् ।
रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यस्ता फोकाहरुलाई अङ्ग्रेजीमा ‘आइसल्याण्ड अफ ह्वाइट इन असी आफ रेड’ (रातो समुन्द्रमा गोराहरुको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोशीकाहरु फुटेर छालामा ससाना थोप्लाहरु देखा पर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्दछन् ।
डेङ्गुको ज्वरो वा बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पर्छ । पानी जम्न सक्ने भाडाहरु जस्तै गमला फुलदान खाली बट्टा अलकत्रा वा मट्टितेल खाली ड्रमहरु गाडीका काम नलाग्ने टायहरुमा पानी जम्न नदिने । पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने ।
कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हाली दिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्ना बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्दछ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्र हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नु पर्छ । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ ।
डेङ्गी ज्वरोविरुद्ध खोप र खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गीज्वरोको शङ्का लागेमा हुन सक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।