• मंसिर १२ २०८१, बुधबार

कपनको ढलमा खसेर बेपत्ता १० वर्षीय बालकको शव भेटियो

आश्विन १० २०७८, आईतवार

काठमाडौँ। काठमाडौंको कपनस्थित ढलमा खसेर हराइरहेका १० वर्षीय बालकको शव फेला परेको छ। ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती नदीको किनारमा १० वर्षीय उज्ज्वल विकको शव भेटिएको ललितपुर प्रहरीले जनाएको छ।    गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए।
शनिबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।