पोखरा । नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले केपी ओलीका कारण कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको आरोप लगाएका छन् ।
शनिबार कास्कीकोमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रको विद्यार्थी इन्चार्जसमेत रहेका शाक्यले नेकपा फुटका लागि ओलीको आत्मकेन्द्रित चिन्तन र तौरतरिका जिम्मेवार रहेको बताए । कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आउँदो चुनावमा जनताले एमालेसँग बदला लिने दाबी गरे ।
जनताले एमाले अध्यक्ष केपी ओलीले गरेको राजनीतिक अपराधको हिसाव गरेर बसेको उनले बताए । उनले स्ववियु चुनावमा समेत विद्यार्थीले एमाले भातृ संगठन अनेरास्ववियुको औपचारिक बिदाई गर्ने जिकिर गरे ।
कार्यकममा माओवादीका गण्डकी प्रदेश सांसद दिपक अधिकारी, नेता शैलेन्द्र घिमिरे अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौतम, उपमहासचिव जीपी मैनाली केद्रिय सचिव प्रबिना अधिकारी लगायतले सम्बोधन गरेका थिए ।