काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रदेखि तलसम्म पाँचदलीय गठबन्धन निर्माण गरिने बताएका छन् ।
आज हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले छिट्टै नै केन्द्रमा पाँच दलीय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए।
उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म बन्ने बताए । उनले भने, ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस् । अरु सँगपनि सहकार्य गर्नुहोस् । पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस्। केन्द्रदेखि तलसम्म जान्छौँ। समाज सेवामा अव्वल हुनुपर्यो। खुबी र चिन्ता भएका मान्छेहरुको खोजि गरिरहेका छौँ। घमण्ड नगर्नुहोला। ’
उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस्, उनले भने।’
उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए। नेपालले भने,‘पदको निम्ति हानथाप होइन। खुबी र क्षमता बढाउनुस। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’
उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। उनले भने, ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस।’