• मंसिर ८ २०८१, शनिबार

सूर्यमुखी फूल किन सुर्यतिरै फर्कन्छ ?

आश्विन ६ २०७८, बुधबार

सूर्यमुखी फूलमा अक्सिन नामक एक प्रकारको हर्मोन हुन्छ । यसले बिरुवाको कोषहरुलाई तन्किन वा लम्बिन मदत गर्दछ । अक्सिन सूर्यको प्रकाश परेको ठाउँबाट सरेर ओझेल भएतिर आउँदछ ।

बिहान पूर्वबाट सूर्य उदाउँदा फुलको डाँठमा भएको अक्सिन घाम नभएपट्टि वा पश्चिमतिर जम्मा हुन् जान्छ र त्यसतर्फका कोषहरु बढी लम्बिन थाल्छन् । त्यसैले फूल स्वतः पूर्वतिर ढल्कन जान्छ ।

सूर्य सर्दै जाँदा त्यही क्रमले अक्सिन पनि सर्दै जान्छ र सूर्यमुखी फुल सधैँ सुर्यतिर फर्किरहेको हुन्छ ।