काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बिहीबारसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन्।
बुधबार पार्टीको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महराले गठबन्धन बैठक आज साँझ बालुवाटारमा बस्ने र भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने बताएका हुन्।
राजनीतिक दल सम्बन्धी अध्यादेशलाई अर्को विधेयक ल्याएर प्रतिस्थापन गर्ने तयारी रहेको पनि उनले बताए । बिहीबार संसद बैठक बस्दैछ।