• फाल्गुन २८ २०८२, बिहीबार

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

आश्विन ६ २०७८, बुधबार

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथग्रहण गराएकी हुन् ।

मंगलबार बसेको सत्तारुड दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्रमन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमति पछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गरेका थिए ।