• फाल्गुन २४ २०८२, आईतवार

अष्ट्रेलियामा ६ म्याग्नेच्युडको भूकम्प

आश्विन ६ २०७८, बुधबार

एजेन्सी। अष्ट्रेलियामा ६ म्याग्नेच्युडको भूकम्प गएको छ । अष्ट्रेलियाको भिक्टोरिया केन्द्रबिन्दु भएर बुधबार बिहान स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा ६ म्याग्नेच्युडको भूकम्प गएको हो।
यो भूकम्पको धक्का सयौं किलोमिटर टाढाका सिड्नी, एडलेइडलगायत सहरसम्म पनि महशुस गरिएको थियो।

भूकम्पले धेरै भवनहरु भत्किएका छन्। तर, अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
सरकारले भूकम्प गएको क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। भूकम्पबाट पीडितको उद्धारको काम सुरु भइसकेको बताइएको छ।