• फाल्गुन २८ २०८२, बिहीबार

जस्ले पार्टी चोईट्यायो त्यसको नाम एकिकृत ? एसमा लाग्नु भन्दा सिधै कांग्रेस प्रवेश गर्नु : बाँस्कोटा

आश्विन ५ २०७८, मंगलवार

काठमाडौं । नेकपा एमाले नेता एंव पूर्व मन्त्री  गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीमा लाग्नु भन्दा सिधै कांग्रेस प्रवेश गर्नु भनेर माधव कुमार नेपाललाई सुझाव दिएका छन् ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक चलिरहेकै बेला बाँस्कोटाले सामाजिक सञ्जालमार्फत १० प्रतिशतमा सिमित पार्टीले एकीकृत र कांग्रेसको पुच्छर भएर पनि समाजवादी नारा राखेर दुनियाँलाई हँसाएको भन्दै व्याङ्ग्य गरेका हुन् ।

‘जुन गोरुको सिंग छैन,त्यसको नाम तिखे ? जस्ले पार्टी चोईट्यायो त्यसको नाम एकिकृत ? जो कांग्रेसको पुच्छर बनेको छ, त्यो समाजवादी ? त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनु भन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला,’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

बाँस्कोटाले लेखेका शब्दहरु जस्ताको तस्तै :

जुन गोरुको सिंग छैन, त्यसको नाम तिखे ? जस्ले पार्टी चोईट्यायो त्यसको नाम एकिकृत ? जो कांग्रेसको पुच्छर बनेको छ, त्यो समाजवादी ? त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनु भन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला किन भने दुईपल्ट के पार्टी प्रवेश गर्नु ? ह्या एस !