• फाल्गुन २८ २०८२, बिहीबार

ओली सरकारको समयमा भएका राजदूत नियुक्ति फिर्ता गर्ने देउवा सरकारको निर्णय

आश्विन ५ २०७८, मंगलवार

काठमाडौं । सरकारले निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालमा गरेका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ओली नेतृत्वको सरकारको समयमा भएका राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीले भने – ‘राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’