फलाममा चुम्बकीय गुण हुन्छ । तर फलाम आफैमा चुम्बक भने होइन । फलाममा हुने चुम्बकीय गुणका कारण चुम्बक फलामप्रति आकर्षित हुन्छ ।
फलामका साथै स्टिलमा पनि चुम्कीय गुण हुने गर्छ । निकोल र कोबाल्टजस्ता धातुमा पनि केही मात्रामा चुम्बकीय गुण रहेको हुन्छ । तर फलामको तुलनामा निकै कम हुन्छ ।
सुन र चाँदीमा चुम्बकीय गुण हुँदैन । यी चुम्बकतिर पनि आकर्षित हुँदैनन् र चुम्बकलाई पनि तान्दैनन् । धातु भएर पनि यिनलाई चुम्बकले आकर्षित गर्न सक्दैन ।