काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिनेछ । यस्तै, पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ ।
स्रोतका अनुसार बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागितालगायत विषयमा पनि छलफल हुने छ।