• फाल्गुन २८ २०८१, बुधबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आश्विन ५ २०७८, मंगलवार

काठमाडौँ। । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार प्रतितोला ३ सय रुपैँयाले बढेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै , तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।