• फाल्गुन २८ २०८२, बिहीबार

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

आश्विन ५ २०७८, मंगलवार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ। निर्वाचन आयोगले भदौ ९ गते पार्टी दर्ता प्रमाणपत्र उपलब्ध गराएपछि पहिलो पटक बैठक बस्न लागेको हो। बैठक दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने स्रोतले जनाएको छ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र देशभर सङ्गठन विस्तारबारे छलफल हुने बताइएको छ।

बैठकमा ११३ जना केन्द्रीय सदस्य सहभागी हुने छन् ।