काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किने क्रममा पत्रकाहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले अब सरकारले छिट्टै पूर्णता पाउने बताएका हुन् । उनले भने,‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ ।’
प्रधानमन्त्री बनेको दुई महिना बितिसक्दापनि अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेको छैन भनेर आलोचना भैरहेको बेला प्रधानमन्त्री देउवाले भने अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।