• फाल्गुन २८ २०८२, बिहीबार

नेकपा एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

आश्विन ४ २०७८, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए अनुसार एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो ।