• फाल्गुन २८ २०८१, बुधबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आश्विन ४ २०७८, सोमबार

काठमाडौँ। । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन सोमबार प्रतितोला २ सय रुपैँयाले घटेर ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै , तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।