• मंसिर १० २०८१, सोमबार

रोजगारी गुमेपछि ६ लाख युवा नेपाल फर्किए

आश्विन ४ २०७८, सोमबार

काठमाडौं । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांक अनुसार २०७७-०७८ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.८ प्रतिशतले गरेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या  ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।