• मंसिर ११ २०८१, मंगलवार

नेपाल ओमानविरुद्धको क्रिकेट खेलमा सात विकेटले विजयी

आश्विन ३ २०७८, आईतवार

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल ओमानविरुद्ध सात विकेटले विजयी भएको छ ।

त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आयोजक ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गरेका थिए ।

सोही क्रममा नेपालले ओमानलाई ३७.७ ओभरमा १२१ रनमा सिमित राख्न सफल भएको थियो । साथै १८.२ ओभरमा तीन विकेटको क्षतिमा सहजै १२२ रनको लक्ष्य हासिल गरेको थियो ।