काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
आइतबार गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन; शीर्षकको २४ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने प्रस्ताव गरेका हुन् ।
यसो गरेमा राजनीतिमा उमेर हद तोक्नै पर्दैन ।’ यो व्यवस्था अनुशरण गरेमा शासकीय पदमा आगमन र बहिर्गमनको भिन्न प्रणाली निर्माण हुने भन्दै शर्माले रचनात्मक प्रणाली हासिल हुने बताएका छन् ।
राजनीतिकर्मी स्वाबलम्बी बन्नुपर्ने र स्वच्छताको सन्देश दिनुपर्ने उनको भनाइ छ ।
शर्माले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिमा परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् । ‘हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सूत्रवद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔं’ अवाधरणा पत्रमा उलेख छ।
यस्तो छ प्रस्तावको पूर्णपाठ :