काठमाडौँ। नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरु भएको हो ।
बैठकमा विधान महाधिवेशनलगायत समसमायिक विषयमा छलफल हुने बताइएको छ ।
यही असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन गर्ने एमालेले तयरी गरिरहेको छ ।