युरिक एसिड सामान्यत: रगतमा घुलेर बसेको हुन्छ। त्यो युरिक एसिड सामान्यभन्दा बढी भयो भने त्यसले शरीरलाई हानी पुर्याउने र विभिन्न समस्या दिने हुन्छ। जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ । कतिपय अवस्थामा त हिँडडुल गर्नै गाह्रो हुन्छ । शरीरमा प्युरिन नामक तत्व टुक्रन्छ, तब शरीरमा युरिक एसिडको समस्या देखिन्छ । शरीरका कोषिका टुट्ने नयाँ बन्न प्रकृया चलिरहदाँ त्यसमा पाइने प्युरिन पनि टुट्न थाल्छ । प्युरिन टुक्रनाले शरीरमा रसायनिक असर देखा पर्न थाल्छ, जसले युरिक एसिड देखिन थाल्छ । यो रगतको माध्यमद्धारा मृगौलासम्म पुग्छ । साथै पिसाबको माध्यमद्धारा बाहिर निस्कन्छ ।
युरिक एसिड बढी भयो भने जोर्नीमा समस्या दिने खुट्टाको बुढी औंलामा असर गर्ने हुन्छ। धेरैजसो युरिक एसिडले खुट्टाको बुढी औंलामा असर गर्छ।
बुढी औंलामा गएर क्रिस्टल बन्ने र त्यसले एकदमै दुखाइ हुने हुन्छ। यो क्रम बढ्दै जान्छ। कसैलाई महिनामा एक पटक कसैलाई हप्तामा एक पटक धेरै पीडा हुन्छ।
युरिक एसिड कुनै पनि बेला बढ्न सक्छ । यदी युरिक एसिड अचानक बढेमा खुट्टाको पिडुँला, जोर्नी, मृगौला तथा शरीरका अन्य भागहरुमा जमेर बसिदिन्छ । यसले भविष्यमा जार्नीको दुखाई, वाथ रोग, गाठागठी लगायतको समस्या निम्त्याउने गर्छ ।
कसरी नियन्त्रण गर्ने ?
– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।
– खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।
– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।
– हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन-सि जरुर लिनुहोस् ।
– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।