• फाल्गुन २८ २०८२, बिहीबार

सत्तारुढ दलहरु फ्रिजबाहिरको आइस हुन्, चुनावपछि आफैँ बिलाउछन् : ओली

आश्विन २ २०७८, शनिबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका पाँच दलीय गठबन्धनलाई फ्रिजबाट झिकेको आइसजस्तै भएको टिप्पणी गरेको छन्।
नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

‘यिनीहरु त फ्रिजमा बनाइएका आइस हुन्’, उनले भने, ‘यी डल्ला बाहिर राखिदिएपछि एकै छिनमा पग्लिएर जान्छन्।’

उनले पाँच दलीय गठबन्धनमा सामेल भएका दलहरू एमालेसँगै डराएर चुनाव भनेपछि तर्सिने गरेको तर्क गरे। एमालेबाट विद्रोह गरेका माधव नेपाल नेतृत्वको पार्टी अवैध भएको उनले आरोप लगाए ।

‘यो जनताबाट निर्वाचित भएर आएको सरकार होइन। अहिले लोकतन्त्र ढाल्नका लागि अहिलेसम्मका उपलब्धी सक्नका लागि पाँच पार्टी एक भएका छन्’, उनले भने, ‘माधव नेपालको पार्टी पनि अवैध ढंगले दर्ता भएको छ। हामीले निकालेका मान्छेहरु सांसद भनेर, केन्द्रीय सदस्य भनेर हिँडेका छन्। सभामुख तमासा देखाइरहेका छन्।’