रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा यतिबेला फेरि आउँदो चुनाबको चटारोलाई मध्यानजर गर्दै पार्टीहरुले चहलपहल गर्दैछन् ।
दलहरु मतदातालाई कसरी आफ्नो पोल्टामा पार्ने भन्ने प्रतिस्पर्धा सहित केन्द्रदेखि स्थानीय तहसम्म लागेको देखिन्छ । यसै सिलसिलामा परिवर्तन गाउँपालिकामा पनि नेकपा एमाले परिवर्तन गाउँ कमिटीको अगुवा कर्यकर्ता भेला गत भाद्र ३१ गते जिल्ला सचिवालय सदस्य तथा परिवर्तन गापा पार्टी अध्यक्ष लोकेन्द्र घर्तीको अध्यक्षतामा सो भेला भएको हो ।

भेलामा प्रमुख अतिथि पूर्वसांसद, लुम्बिनी प्रदेश सदस्य मिना बुढा र अतिथि लुम्बिनी प्रदेश सदस्य गङ्गा बुढाको उपस्थिति थियो । भेलामा सबै वडाबाट प्रतिनिधिको सहभागिता रहेको पार्टी अध्यक्ष घर्तीले बताए ।
साथै उता थबाङ्ग गापामा पनि यसैगरी भेला सम्पन्न भएको त्यहाँबाट झञ्कार बुढामगरले जानकारी दिएका छन् ।