काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । शनिबार गणेशमान सिंहको २५ ओैं स्मृति दिवसको अवसरमा आयाेजना गरिएकाे कार्यक्रममा बोल्दै नेता सिंहले सभापतिमा उम्मेदवार दिनेहरुको सम्भावन नसकिएको हुँदा आफू सभापतिको उम्मद्वारबाट पछि नहट्ने बताए ।
नेता सिंहले पार्टीको १४ औँ महाधिवेशनले नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व चयन हुने बताए । उनले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्नु पर्ने बताए ।
नेता सिंहले गठबन्धन दलहरुबिच सहमति हुन नसक्दा मन्त्रिपरिषद विस्तार हुन ढिलाई भएको पनि बताए । तैपनि अब अब छिटै सरकारले पूर्णता पाउने उनको भनाइ छ ।
कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेपछि गठबन्धनबाट देउवा सरकार विस्तार भएको सिंहले बताए । साथै, गठबन्धनबाट निर्माण भएको कांग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुकूल काम गर्ने उनले विश्वास व्यक्त गरे ।