काठमाडौं । अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेसँगै विश्वभर यो घटनाले चर्चा पाइरहेको छ । आतंकवादीलाई सिध्याउने नाममा आजभन्दा २१ वर्ष अघि अमेरिकी सेना अफगानिस्तान गएको थियो ।
आतकंककारीको आरोप लगाउँदै मुस्लिम समुदायका झण्डै २ लाख जनताको हत्या गर्दापनि आतंकवाद समाप्त नभएपछि अमेरिका त्यहाँबाट फिर्ता भएको छ । अमेरिकाले नै अपदस्त गरेको तालिबानी समूहले आज त्यहाँ सरकार बचाइरहेको छ ।
अमेरिका भागेसँगै त्यहाँ शान्तिपूर्ण अवस्था सिर्जना त भएको छ तर यो घटनालाई हेर्ने दृष्टिकोणका कारण विश्वको राजनीति विभाजित भएको छ । चीनको पहलमा त्यहाँ शान्ति स्थापना भएको हो तर यो घटनाले हरेक देशमा कुनै न कुनै किसिमको सन्देश गएको मानिएको छ ।
यसैबीच अफगान परिघटनालाई लिएर नेदरल्याण्डका रक्षामन्त्री याङ्क बिलेभेल्डले शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको समाचार प्राप्त भएका छन् । त्यहाँ उत्पन्न संकटलाई हेर्ने दृष्टिकोणका कारण उनले राजीनामा दिनु परेको समाचारमा जनाइएको छ ।
उनले राजीनामा दिएपछि खाली भएको रक्षा मन्त्रालयको जिम्मेवारी विदेश मन्त्रीलाई दिइएको छ । विवाद भएपनि रक्षामन्त्री बिलेभेल्डले राजीनामा दिन अस्वीकार गर्दै आएका थिए । तर संसदले समेत उनको आलोचना गर्दै औपचारिक रूपमै राजीनामाका लागि दवाव दिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।
‘मैले मेरो पार्टी र प्रधानमन्त्रीलाई राजीनामा दिएको बारेमा जानकारी गराएको छु, राजीनामा स्वीकृत गरिदिनुहुनु राजालाई अनुरोध गरेको छु, बिलेभेल्डले भनेका छन् ।
अफगानिस्तानबाट विस्थापित भएका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने बारेमा विवाद भएकाले आफूले राजीनामा दिनु परेको र आफ्नो मतप्रति आफू अझै पनि अडिग नै रहेको उनले जानकारी दिए ।
यसअघि यही विषयमा भएको विवादका कारण विदेशमन्त्री सिग्रिड काङले पनि बिहीबार राजीनामा दिएका थिए । उनलाई पनि राजीनामा दिन संसदले आदेश दिएको थियो ।