• मंसिर ८ २०८१, शनिबार

अन्तरिक्षमा ९० बिताएर पृथ्वीमा फर्कियो चिनियाँ टोली

आश्विन २ २०७८, शनिबार

काठमाडौं । चिनियाँ अन्तरिक्ष यात्रीको टोली अन्तरिक्षमा ९० दिन बिताएर शुक्रबार पृथ्वीमा फिर्ता भएको छ । सेनझाउ–आइटु मिसन क्रुले शुक्रबार चीनको गोबी मरूभूमिस्थित डोङफेङ ल्यान्डिङ साइटमा अवतरण गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

तीन जना टाइकोनट्सहरूले चिनियाँ समयअनुसार दिउँसो १ बजेर ३४ मिनेटमा अवतरण गरेका थिए । चीनमा एस्ट्रोनट्सलाई टाइकोनट्स भनिन्छ ।

अन्तरिक्षयानको क्याप्सुलमा मिसनका कमान्डर नेइ हाइशेङ्ग, लुई बोमिङ र ट्याङ्ग होङ्ग्बो थिए । उनीहरू ९० दिन अन्तरिक्षमा बसेर फर्किएको ग्लोबल टाइम्सले जनाएको छ ।

उक्त पत्रिकाका अनुसार सिङ्गल फ्लाइट मिसनमार्फत ९० दिन अन्तरिक्षमा बसेको सबैभन्दा लामो समय हो । क्याप्सुल अवतरण भएको केहीबेरमै चिनियाँ उद्धारकर्ता ल्यान्डिङ साइटमा पुगेका थिए । टाइकोनट्सहरूको स्वास्थ्य अवस्था सामान्य छ ।

पृथ्वीमा फर्किने क्रममा टाइकोनट्स ट्याङ्ग होङ्ग्बो पेनसँग खेलिरहेको देखिएका थिए । यो मिसन सहज रूपमै सफल भएको बताइएको छ ।

अवतरण गर्ने साइट मौसम, क्षेत्र, विकल्प र उद्धार सामग्रीका आधारमा छनोट गरिएको अन्तरिक्ष विज्ञ पाङ्ग झिहाओले बताए । उनका अनुसार यो मिसन अरूभन्दा कठिन थियो ।