• मंसिर १३ २०८१, बिहीबार

ल्वाङका बहुउपयोगी फाइदा 

आश्विन १ २०७८, शुक्रबार

ल्वाङ एक औषधिय गुण हो ।  ल्वाङको सेवनले स्वास्थ्यलाई निकै फाइदा गर्दछ । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ ।

ल्वाङका बहुउपयोगी फाइदा छन् । यसको प्रयोग दैनिक गरे स्वास्थ्यलाई निकै फाइदा गर्दछ ।

खोकी : लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुस् । यसले खोकी निको पारिदिन्छ ।

सास गनाउने : सास गनाउने गर्छ भने ल्वाङ चुस्दा मुख गनाउन छोड्छ ।

रुघा : रुघा लागेर नाक बन्द भएमा एउटा रुमालमा ल्वाङको तेलका केही थोपा हालेर सुँघ्नुस् । बन्द नाक खुल्छ र रुघाबाट मुक्ति पाइन्छ ।

छाती पोलेको : छाती पोलेको छ भने दुईतीनवटा ल्वाङ एक गिलास पानीमा उमाल्नुस् र त्यसमा मिश्री हालेर पिउनाले ठिक हुन्छ ।

जोर्नी दुखेको : जोर्नी दुखेको र सुन्निएको छ भने ल्वाङको तेलले मालिश गर्नुस् । पीडा र पोलेको कम हुन्छ ।