• फाल्गुन २८ २०८२, बिहीबार

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले गरे मन्त्रिपरिषद् विस्तार,एकीकृत समाजवादीका दुई मन्त्री नियुक्त

आश्विन १ २०७८, शुक्रबार

कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउदै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्रीले शुक्रबार नियुक्त गरेका मन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले शपथ ग्रहण गराएका छन् । राज्यमन्त्री बोहरालाई मुख्यमन्त्रीले शपथ गराएका हुन् ।