काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। शुक्रबार काठमाडौँको डल्लुस्थित खनालनिवासमा उनीहरूबीच एक घण्टा छलफल भएको खनालको सचिवालयले जनाएको छ।
भेटमा खनालको स्वास्थ्य अवस्थाको जानकारीका साथै समासामयिक परिस्थितिको बारेमा पनि छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन्।