काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
शुक्रबार नेकपा (एस)को मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका हुन् ।
पत्रकारहरुले मन्त्रिपरिषदले कहिले पूर्णता पाउँछ? भनि गरेको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्रै पूर्णता पाउनेछ।’
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।