काठमाडौं । नेपालमा पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार २ (११००२) पुगेको हो ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्युदर करिब १.५ प्रतिशत, सक्रिय संक्रमित ३.३० प्रतिशत र निको हुने दर ९५.३० प्रतिशत रहेको छ ।