• फाल्गुन २८ २०८२, बिहीबार

माधव नेपालप्रति ओलीको कटाक्ष : घरमा आगो लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किए

भाद्र ३१ २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेको भन्दै कटाक्ष गरेका छन् ।

बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेका कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीको आरोप छ । ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन’, उनले भने, ‘तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

माधव नेपालले झुक्याएको र झुक्किएका कार्यकर्ताहरूलाई एमालेमा फर्कन आह्वान गरेका उनले प्रचण्डसँग गएका कार्यकर्तालाई पनि फर्कन आग्रह गरे । ‘तपाईहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो, माओवादी केन्द्रको नाममा रहेका साथीहरूलाई एमालेमा फर्कन म आह्वान गर्छु’, ओलीले भने ।