• फाल्गुन २८ २०८२, बिहीबार

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

भाद्र ३० २०७८, बुधबार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरेका हुन् ।

यस्तै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लभ अधिकारी, भूमि व्यवस्था, कृषि राज्यमन्त्री ज्ञानेश्वर राजववंशी र उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेतलाई नियुक्त दिइएको छ ।