• फाल्गुन २४ २०८२, आईतवार

ब्राजिलमा जहाज दुर्घटना : एकै परिवारका पाँचसहित सातको मृत्यु

भाद्र ३० २०७८, बुधबार

एजेन्सी । ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन् । ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ ।

सो जहाज साओ पाओलो नगरबाट करिब १६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।