• मंसिर ८ २०८१, शनिबार

भारतबाट नेपाल आइपुग्यो निजी क्षेत्रबाट सञ्चालित पहिलो कार्गो रेल

भाद्र ३० २०७८, बुधबार

काठमाडौँ। भारतबाट पहिलो पटक निजी कार्गो रेल बीरगञ्ज आइपुगेको छ । भारतको हल्दियाबाट हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार विहान १०:१५ बजे बीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल ३५ घण्टामा वीरगन्जस्थित सुक्खा बन्दरगाह आइपुगेको छ।

२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा सेवा दिँदै आएको थियो । तर, सन् २०२१ जुलाईमा रेल सेवा सम्झौता पुनरवलोकन हुँदा नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरिएको थियो ।

सोही आधारमा निजी क्षेत्रको हिम्ड टर्मिनल प्रालिको कार्गो रेल समान लिएर नेपाल भित्रिएको हो ।