काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले महिला लगानीकर्ताहरूलाई लक्षित गर्दै तिजको अवसरमा प्रभु ऐश्वर्य पिएमएस योजना सुरु गरेको छ । साथै, विभिन्न प्रकारका लगानीकर्ताहरूको लागि प्रभु स्मार्ट पीएमस योजना सञ्चालनमा रहेको पनि जनाइएको छ ।
यसैगरी, क्यापिटलले भदौ २९ गते बाल दिवसको अवसर पारेर बालबालिका लक्षित प्रभु लिटल च्याम्प पीएमएस योजना ल्याएको छ । यो योजना क्यापिटलले भर्खरै जन्मिएका शिशुदेखि १६ वर्षसम्मका बालबालिकाका लागि ल्याएको हो ।
यो योजनामा पीएमएस सेवा लिनको लागि जोडिए पश्चात क्यापिटलले एउटा पीएमएसबापत एकजना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने जनाएको छ ।
न्यूनतम लगानी अवधि पाँच वर्ष रहेको यो योजनामा हर्डल रेट ८ प्रतिशत रहेको जनाइएको छ । यस्तै, वार्षिक व्यवस्थापन शुल्क २ प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत, लक इन अवधि पाँच वर्ष, लक इन अवधिअगावै योजना बन्द शुल्क ३ प्रतिशत लगायत विशेषता रहेको जनाइएको छ ।