• फाल्गुन २८ २०८२, बिहीबार

माधव नेपालले वडा अध्यक्ष त के सदस्य पनि जित्दैनन् : ओली

भाद्र २९ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव कुमार नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने दाबी गरेका छन् । मंगलबार बिर्तामोडमा आयोजित झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले फुटाएर जानेलाई जनताले भोट नहाल्ने बताए ।

उनले भने ‘माधव नेपालले त वडा अध्यक्ष त के वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले किन भोट हाल्ने, एमाले फुटाएको भएर ?’

त्यस्तै नेकपा एमाले पार्टी माधव नेपालले बनाएको पार्टी नभएको पनि उनको आरोप छ । ‘माधव नेपालले पार्टी बनाएको ? होइन पार्टी फुटाउन खोजेको हो । फुटाउन खोज्नेले बनाउन खोज्छ ?’ उनले भने,

माधव नेपाल एमाले नेतृत्वको कम्युनिष्ट आन्दोलनमा जोडिएको तर, अहिले छुट्टिएको उनको भनाइ छ ।