• फाल्गुन २८ २०८२, बिहीबार

झलनाथलाई भेट्न पुगे प्रधानमन्त्री देउवा

भाद्र २८ २०७८, सोमबार

काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका छन् ।

दुबै मिर्गौला खराब भएपछि नेता खनालको हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

भारतमा मिर्गौला प्रत्‍यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका खनालको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री देउवा सोमबार साँझ डल्लु गएको प्रधानमन्त्री देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।