काठमाडौँ । जीवनमा कसैकसैलाई पर्नु चोट पर्छ । आफ्नो अवस्थाले धान्नै नसकिने चोट पर्दा पचाउनु पनि कसरी रु आफूले जन्माएका सन्तानलाई निको बनाउनै धौधौ हुने रोगहरु लाग्दा अभिभावकलाई चोट पर्नु पनि स्वाभाविकै हो ।
नाबालक छोराछोरीलाई पर्ने चोट आफूले लिएर उनीहरुलाई हल्का गराउन मिल्ने भए पनि गर्न हुन्थ्यो । त्यसो गर्न पनि नसकिने, अनि आफ्ना लालाबालालाई परेको पीडा महसुस गरेर आफै पनि केही गर्न नसक्ने अवस्थामा रहेका छन्, गुल्मी इस्मा गाउँपालिकाका खेम थापा ।
खेप थापा र गीता थापाको जीवन जेनतेन धकेलिँदै थियो तर गरिबीले गाँजेको थापा परिवारमा सहन गर्नै गाह्रो हुने अर्को एउटा बज्र प्रहार भएको छ । दुई छोराका बाबुआमा उनीहरुको कान्छो छोरा ६ वर्षीय रुस्तम थापालाई क्यान्सर रोगले आक्रान्त पारेर परिवारमा पार्नु चोट पारेको छ ।
बिरामी छोरालाई उपचार गराउन गुल्मीबाट काठमाडौँ ल्याएर कान्ति बाल अस्पतालमा देखाउँदा दुइ महिनासम्म रुस्तमको रोग नै पत्ता लागेन । परिक्षण गरेका केही नमूनाहरु अस्पातलबाट भारत पठाउँदा भने बल्ल उनको परिक्षणको नतिजा आयो । नतिजा यस्तो आयो कि अस्पतालका डाक्टरहरुलाई चकित बनायो भने त्यै नतिजा थापा परिवारमा बज्रपात बनेर आयो । ६ वर्षको बालकलाई त्यो पनि रगतको क्यान्सर । सायद हामीमध्ये कतिपयले सुन्नै सक्दैनौं । तर थापा परिवारले यो भोगिरहेका छन् ।
क्यान्सर पीडित बनेका बालक रुस्तम थापालाई आजभोलि एक दिन बिराएर किमो चढाउनु पर्छ । कान्ति बाल अस्पतालको मेडिकल वार्ड, अङ्गोलोजी वार्डहरुमा दुई महिना बस्दा बस्दा विभिन्न चरणमा गरिएका परिक्षणबाट बल्ल बल्ल रोग पत्ता लागेको, रोग पनि यस्तो पत्ता लाग्यो कि सामान्य नेपालीहरुको आयास्रोतले उपचार नै गर्न नसकिने । अस्पतालका डाक्टरहरुको भनाई अनुसार भनेर पीडित बालक रुस्तम थापाका बुवा खेम भन्छन्, ‘क्यान्सरको पहिलो चरणको शंका भएकोले यसको उपचार गर्न १०र१२ लाख खर्च लाग्छ रे ।’
यदी त्यो उपचार गरेर पनि बिरामी निको नभएको खण्डमा अर्को चरणको उपचारको लागि ५० लाखसम्म खर्च लाग्ने अस्पतालको भनाई सुनेका खेम थापा अब ‘भगवान भरोषा’मा पुगेका छन् । उता कतैबाट आफ्ना बुवाले उपचार खर्च जुटाएर आफ्नो ज्यान बचाइ हाल्छन् कि भन्ने आशामा आफ्नो जीवन देखिरहेका क्यान्सर पीडित ती बालक आफ्नो सिङ्गै प्रकृतिमा रमाउने र बाँकी आउने बैंस जोवन कल्पिँदै जीवन मरणको दोसाँधमा पुगेका छन् ।
यसरी अवोध बालक अवस्थामै क्यान्सर पीडित बनेका ती बालकलाई बचाउन दाताहरुको आवश्यकता परेको छ । कृपया तपाईं पो उसको जीवन बचाउन अलिकति भएपनि केही योगदान गर्नुहुन्थ्यो कि रु ती क्यान्सर पीडित बालकलाई केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने सोचाई तपाईंको मनमा आयो भने बालक रुस्तम थापाका बुवा खेम थापालाई सिधै सम्पर्क गरेर पनि गर्न सक्नु हुन्छ । उनको मोबाइल नम्बर 9843046142 रहेको छ ।