• फाल्गुन २८ २०८२, बिहीबार

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमाले अध्यक्ष ओली अनुपस्थित

भाद्र २८ २०७८, सोमबार

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा जारी छ। संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका थिए ।

केहीबेर आघिबाट शुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने बैठकमा उपस्थित भएका छैनन् ।