काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंका लागि आगामी असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । काठमाडौँको बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले बैंकले नयाँ नोट वितरण गरिने छ ।
‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्नेछन् । यसका लागि अधिकांश बैंकहरुमा नयाँ नोट पुगिसकेको राष्ट्रबैंकले जनाएको छ।
राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष भने कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।
यद्यपी यो वर्ष कोरोना सङ्क्रमण घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।