• मंसिर १२ २०८१, बुधबार

गोञ्जालोको निधनप्रति अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्धारा दुःख व्यक्त

भाद्र २७ २०७८, आईतवार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पेरु कम्युनिस्ट पार्टीका नेता गोञ्जालेको निधनप्रति दुःख व्यक्त गरेको छ । पेरुमा कम्युनिस्ट क्रान्ति सफल हुँनै लाग्दा राजधानी लिमाबाट पक्राउ परेका गोञ्जालोलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

छातीमा संक्रमणका कारण उनको ८६ वर्षको उमेरमा शनिबार कारागारमै निधन भएको हो । पत्रकार केन्द्रले विज्ञप्ति निकालेर उनको निधनप्रति दुःख व्यक्त गर्दै उनी संसारका कम्युनिस्टहरुका प्रेरणाका स्रोत भएको जनाएको छ ।

केन्द्रले निकालेको विज्ञप्ति :

‘विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरुका लागि उर्जा र प्रेरणा बनिरहनु भएका र माओवादका कट्टर समर्थक एवं पहिलो प्रगोगकर्ता, अमेरिकी साम्राज्यवादको निद्रा हराम बनाउन सफल हुनु भएका, गोञ्जालो विचारधाराका प्रवर्तक तथा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष कमरेड गोञ्जालोको ८६ वर्षको उमेरमा अमेरिकी साम्राज्यवादको पिठ्यु पेरुभेली प्रतिक्रियावादी सरकारको एक सैनिक जेलमा यही सन २०२१ सेप्टेम्बर ११ (२६ भाद्र २०७८) शनिबारका दिन दुःखद निधन भएको छ । पेरुका सञ्चार माध्यमले जनाए अनुसार उहाँको उपचारकै क्रममा सैनिक अस्पतालमा मृत्यु भएको हो । उहाँको छातीमा इन्फेक्सनका कारण मृत्यु भएको जनाइएको छ । कमरेड गोञ्जालोको दुःखत निधनले आज हामीलाई स्तब्ध र दुखित तुल्याएको छ । पेरुमा सशस्त्र जनयुद्धको नेतृत्व गरिरहेकै अवस्थामा सन १९९२ सेप्टेम्बर १२ का तत्कालीन अमेरिकी साम्राज्यवादको कठपुतली फुजिमोरी प्रतिक्रियावादी सरकारले राजधानी लिमा शहरबाट कमरेड गोञ्जालोलाई गिरफ्तार गरिएको थियोे ।
कमरेड गोञ्जालोको नेतृत्वमा पेरुमा सन १९८० मई १७ देखि सशस्त्र जनयुद्धको थालनी गरिएको थियोे र उक्त जनयुद्ध सन १९८० देखि १९८९ सम्म सञ्चालन भएको थियो । साम्राज्यवादको पिठ्यु पेरुभेली प्रतिक्रियावादी सरकारले कमरेड गोञ्जालोलाई गिरफ्तार गरेदेखि मृत्युको दिनसम्म पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ सैनिक जेलको पिंजडाघरमा सन १९९२ सेप्टेम्बर १२ देखि कैदी नम्बर १५०९ को बन्दी बनाएर राख्दै आएको थियोे ।
कमरेड गोञ्जालोले बरु मृत्यु रोज्नु भएको थियो । चरम फासीवादी यातना भोग्नु भएको थियो तर जीवनको भिख माग्नु भएको थिएन । उहाँले प्रतिक्रियावादी सत्ताका सामु आत्मसमर्पण गर्नु भएन र अमेरिकी साम्राज्यवाद र उसको कठपुतली पेरुको प्रतिक्रियावादी शासकहरुसँग कहिल्यै झुक्नु भएन । यो नै संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरुको प्रेरणाको श्रोत हो र उहाँलाई मरेर पनि अमर बनायो ।
कमरेड गोञ्जालोको निधनले अवश्य पनि विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरुलाई स्तब्ध र दुखित तुल्याएको छ । पेरुका कम्युनिस्ट क्रान्तिकारीहरुले अवश्य पनि माओवादको झण्डा झुक्न दिने छैनन् । र, कमरेड गोञ्जालो विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरु र उत्पीडित राष्ट्र तथा मुक्तिगामी जनसमुदायका उर्जा र प्रेरणाका प्रतिक बनिरहनु हुनेछ भन्ने विस्वासका साथ हाम्रो संगठन अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्र कमरेड गोञ्जालोप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछ । धन्यवाद ।’
क्रान्तिकारी अभिवादन सहित ।

मिति १२ सेप्टेम्बर २०२१
(२७ भाद्र २०७८)

हस्तबहादुर केसी
अध्यक्ष
अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं, नेपाल ।