• फाल्गुन २८ २०८२, बिहीबार

संसदमा एमालेको निरन्तर अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

भाद्र २७ २०७८, आईतवार

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सोमबार साढे २ बजेका लागि बैठक बोलाएका हुन् ।

आजको बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन आग्रह गरेका थिए । सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गरेका थिए । तर, एमालेले कारवाही गरेका सांसदहरुलाई बैठकमा सहभागी गराउन नहुने भन्दै बिरोधलाई निरन्तरता दिएको थियो ।

यसअघि आइतबार नै सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल गरेका थिए । छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

एमालेको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।